लक्ष्मी पुजाको दिनबाट रिलिजमा आएको रेखा आर्यनको चलचित्र ‘रुद्रप्रिया’ को चार दिनको कलेक्सन सार्वजनिक भएको छ । महिलामाथि हुने गरेको एसिड आक्रमणको कथालाई उठान गरेको यस चलचित्रले चारदिनमा एक करोड तीस लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । सिंगल स्क्रिन हलहरुमा दर्शकको राम्रो साथ पाएको यो चलचित्र मल्टिप्लेक्समा भने चल्न सकेन सुदिप बबी भूपाल सिंह निर्देशित यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रुद्रप्रिया’ को यो कलेक्सनले रेखालाई थोरै भएपनि राहत दिएको छ । उता रुद्रप्रिया’ संगै रिलिजमा आएको मलिना जोशीको चलचित्र ‘रानी’ को अवस्था भने निकै दुखद छ । SOURCE: MEROFILMY.COM
शिव सेना नेपाल हिन्दु टाईगर ग्रुप प्रवास महाराष्ट्र कमेटी असोज २३ ,सोमवार | राष्ट्र राष्ट्रियता र वैदिक सनातंन हिन्दु धर्म संरक्षण ,आफ्नो पुर्खेउली धर्म संस्कृति जगेर्ना गर्नु, बिस्वको एकमात्र हिन्दु राष्ट्र नेपाल कायम राख्नु, धर्म परिवर्तन गर्ने गराउने बिरुद्ध एक जुट हुन , छुवाछुतको र जातीय भेदभाव को अन्त गर्नु, आध्यात्मिक युग परिवर्तन मा सबैको योगदान, भ्रष्टाचारी र बिदेशी दलालहरूको अन्त गर्नु यी सबै कुरो लाई समेटेर आफुले राष्ट्र को र नेपालीहरूको हितको लागी चालेका अभियान शिव सेना नेपाल का सम्माननीय केन्द्रीय अध्यक्ष श्री अनील बस्नेत (बाबा) ज्यु र शिव सेना नेपाल महाराष्ट्र सम्पर्क प्रमुख श्री कुल बं. कुँवर को अनुमति मा भारतको मुम्बई मा हिन्दु टाईगर ग्रुप समिती गठन यसमा हिन्दु टाईगर ग्रुप प्रवास महाराष्ट्र कमेटी का अध्यक्ष मा -: श्री गणेश सिंह पुजारा , उपाध्यक्ष - श्री गोरख बं.चन्द ,सह उपाध्यक्ष श्री तेज बं.चन्द, सचिव- श्री बलराम सिंह साउद, सह सचिव - श्री गोपाल सिंह कार्की कोषाध्यक्ष- श्री रण बं.चन्द ,सह कोषाध्यक्ष- श्री केशव ब...