लक्ष्मी पुजाको दिनबाट रिलिजमा आएको रेखा आर्यनको चलचित्र ‘रुद्रप्रिया’ को चार दिनको कलेक्सन सार्वजनिक भएको छ । महिलामाथि हुने गरेको एसिड आक्रमणको कथालाई उठान गरेको यस चलचित्रले चारदिनमा एक करोड तीस लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । सिंगल स्क्रिन हलहरुमा दर्शकको राम्रो साथ पाएको यो चलचित्र मल्टिप्लेक्समा भने चल्न सकेन सुदिप बबी भूपाल सिंह निर्देशित यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रुद्रप्रिया’ को यो कलेक्सनले रेखालाई थोरै भएपनि राहत दिएको छ । उता रुद्रप्रिया’ संगै रिलिजमा आएको मलिना जोशीको चलचित्र ‘रानी’ को अवस्था भने निकै दुखद छ । SOURCE: MEROFILMY.COM