Skip to main content

आशिरमानको यस्तो क्रेज , देख्ने बित्तिकै रोए फ्यान

हेम राज बिसीद्वारा निर्देशित चलचित्र ‘ग्याङस्टर ब्लुज’ को युनिट यतिबेला मोफसलमा व्यापक प्रचारप्रसारमा क्रममा रहेका छन् । चलचित्रका मुख्य कलाकारहरु आशिरमान , संयम र रोजिशा लगायत चितवन आएर विभिन्न कलेजहरुमा ‘ग्याङस्टर ब्लुज’ को प्रचारप्रसार गरिरहेका छन् ।
नेपाली सिनेक्षेत्रमा डेब्यु गर्न लागेका नायक आशिरमान देसराज जोशी यहि चलचित्रमार्फत यतिबेला लाईमलाईटमा रहेका छन् । विभिन्न कलेजहरुमा पुग्दा फ्यानहरुले आशिरमानलाई घेरेका थिए । केही फ्यानहरु आशिरमानलाई देखेर भावुक बनी रोएका पनि थिए । चलचित्र रिलिज पनि नहुँदैमात्र गीत र टे«लरबाट चम्केका आशिरमानको क्रेज देखेर हरकोही लोभिन सक्छ ।
किनकी यस्तो क्रेज नयाँ नायकहरुले कमै पाउने गर्छन् । ग्याङस्टरको कथालाई लिएर निर्माण गरिएको ‘ग्याङस्टर ब्लुज’ मा आशिरमान , आना शर्मा, संयम पुरी , रोजिशा शाही ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक बिसीले सरोज न्यौपानेसंग संयुक्तरुपमा निर्माण गरेका ‘ग्याङस्टर ब्लुज’ भदौ २ गतेबाट प्रर्दशन हुँदैछ ।
source: Mero Filmy

Comments