निर्माता सन्तोष सेन र नायक प्रदिप खड्काको जोडी यति बेला नेपाली सिनेक्षेत्रमा निकै जमेको छ भने एकअर्काको लागि फापेको पनि छ । ‘प्रेम गीत’ देखि ‘प्रेम गीत २’ सम्म आईपुग्दा सन्तोष र प्रदिपबीचको व्यक्तिगत र व्यवसायिक सम्बन्ध दुबै सुमधुर छ । सायद त्यसैले पनि यो जोडी व्यवसायिकरुपमा पनि छुटिने नामै दिईदैन । ‘प्रेम गीत २’ पछि निर्माता सेन प्रदिपलाई लिएर ‘दीपेन्द्र सरकार’ को घोषणा गरिसकेका छन् ।
‘प्रेम गीत २’ लगत्तै प्रदिप फेरी पनि सन्तोष सेनकै चलचित्रमा व्यस्त हुने भएका छन् । एउटै व्यानरमा हिट चलचित्र दिनु पनि राम्रै कुरा होला तर प्रदिप सन्तोष कै चलचित्रमा मात्र बाधिएपछि उनको करियरमा पनि प्रश्न उब्जिएको छ । प्रदिप सन्तोषको चलचित्रभन्दा अन्य व्यानरका चलचित्रमा काम गर्ने किन चाहान्न ??? प्रदिप जस्तो क्रेज भएको नायकलाई अन्य व्यानरले नपत्याएको त पक्कैपनि होईन होला ।
उसो भए प्रदिप सन्तोषको फिल्मको दायराभन्दा बाहिर किन निस्कन चाहान्न ???? प्रदिपलाई ठुलो लगानी गर्ने निर्माताको लोभ होला भने सन्तोषलाई आफनो चलचित्र चलाउन प्रदिपको क्रेजको पनि लोभ होला यसमा दुईमत छैन् । तर यसरी यो बन्डिङले सफल चलचित्रको खात लाग्यो भन्दैमा प्रदिप सन्तोषमा मात्र सिमित भए पछि उनलाई आगामी दिनमा अन्य व्यानरले पत्याउन छोड्न सक्छ भने उनिमाथि निर्माता सन्तोषको ट्याग पनि भिरिन सक्छ । जुन एउटा कलाकारको लागि राम्रो कुरा होईन ।
source: Mero Filmy

Comments
Post a Comment