नेपाली चलचित्र क्षेत्रमा करिब १७ करोड कलेक्सन गरी इतिहासमा नै पहिलो रेकर्ड बनाएको चलचित्र ‘छक्का पञ्जा’ ले फेरी अर्काे पनि रेकर्ड बनाएको छ । प्रर्दशनको कम समयमा नै युट्युवमा आएको ‘छक्का पञ्जा’ले युट्युवमा एक करोड भ्युअर पाएको पहिलो नेपाली चलचित्र बन्न सफल भएको छ । जुन एउटा सिङगो नेपाली चलचित्र क्षेत्रकै लागि दर्शकहरुकबाट पाएको ठुलो सम्मानको रुपमा पनि लिन सकिन्छ ।यो खबर तयार पर्दासम्म यो चलचित्रलाई युट्युवमा एक करोड पाँच हजार १० जनाले हेरिसकेका छन् भने बाउन्न हजार भन्दा बढिले लाईक र सात हजारले डिस लाईक गरेका छन् ।
हलमा समेत १०० दिन मनाउन सफल यो चलचित्रलाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी,प्रियंका कार्की , नम्रता सापकोटा ,बर्षाराउत, किरण केसी , जितुनेपाल , केदार घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको थियो । हालसम्म पनि ‘छक्का पञ्जा’ ले रेकर्ड बनाई राख्दा ‘छक्का पञ्जा २’ को चर्चाले पनि नेपाली रजतपट निकै गर्मिएको छ । जुन चलचित्र असोज ११ गते रिलिज हुदैछ ।
source: Mero Filmy

Comments
Post a Comment